निर्वाचन कार्यक्रम गैर आवासीय नेपाली संघ जापान, कान्साई क्षेत्रीय समिति २०२५
Jun 21, 2025 12:34 pm१. गैर आवासीय नेपाली संघ जापान, कान्साई क्षेत्रीय समन्वय परिषद्को २०२५-२०२७ कार्यकालको निर्वाचन कार्यक्रमको विवरण यस प्रकार रहेको छ ।
१ उम्मेदवार दर्ता - २०२५/०६/२२ -२३ - २०२५/०६/२२ बिहान ९ बजेबाट २०२५/०६/२३ रातीको १० बजेसम्म
२ उम्मेदवारको नामावली प्रकाशन - २०२५/०६/२४ - साँझ ५:०० बजे
३ दाबी बिरोध - २०२५/०६/२५ - साँझ ५:०० बजे सम्म
४ उम्मेदवारी फिर्ता २०२५/०६/२६ -२७ - २०२५/०६/२६ बिहान १० बजेबाट २०२५/०६/२७ को रातीको १० बजेसम्म
५ अन्तिम नामावली प्रकाशन - २०२५/०६/२८ - बिहान १० बजे
६अधिवेशन२०२५/०६/२९
२. अधिवेशन हुने समय र स्थान यस प्रकार रहेको छ ।
२०२५-६-२९ (आइतबार ) बिहान ११ बजे – १८ :०० बजे
स्थान: 大阪市北区梅田2-2-22 貸会議室ユーズ5F
३. गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको विधान अनुसार कुनै पनि पदमा उम्मेदवारी दिन र निर्वाचनमा मतदान गर्न राष्ट्रिय समन्वय परिषद् जापानको २०२५-२०२७ कार्यकालको लागि सदस्यता प्राप्तको प्रमाणपत्र प्राप्त गरी MIS सिस्टममा सदस्य बनेका राष्ट्रिय समन्वय परिषद् जापानबाट प्रमाणित भएका सदस्यहरू मात्र पाउँछन्।
४. संयोजक पदमा उम्मेदवारी दिनको लागि राष्ट्रिय समन्वय परिषद् जापानको संशोधित विधान अनुसार राष्ट्रिय पदाधिकारी वा सदस्यको पदमा रही एक कार्यकाल कार्यसम्पादन गरेको हुनु पर्नेछ र क्षेत्रको कुनै क्षेत्रीय समितिको पदाधिकारी रही समितिमा एक कार्यकाल पूरा गरेको हुनु पर्नेछ।
५. पदाधिकारी पदमा उम्मेदवारी दिनको लागि राष्ट्रिय समन्वय परिषद् जापानको संशोधित विधान अनुसार क्षेत्रीय समितिको संयोजक पद बाहेक सदस्य तथा पदाधिकारी पदमा रही एक कार्यकाल कार्यसम्पादन गरेको हुनु पर्ने छ।
६. सदस्य पदमा उम्मेदवारी दिनको लागि राष्ट्रिय समन्वय परिषद् जापानको संशोधित विधान अनुसार सम्बन्धित क्षेत्रमा पंजीकृत सदस्य हुनुपर्नेछ (उम्मेदवारी दिने बेला सम्म सदस्यता प्रमाणित नभएको खण्डमा निर्वाचन समितिसँग सम्पर्क गर्न अनुरोध गरिन्छ।)
७. कुनै पनि पदमा उम्मेदवारी दिन योग्यता पुगेको इच्छुक उम्मेदवारले एनआरएनए जापान कान्साई क्षेत्रिय समितिको फेसबुक पेज वा वेबसाइटबाट उम्मेदवारी दर्ता फारम डाउनलोड गरी आफ्नो सिङ्गो नाम, आफ्नो हालको लेखिएको सही ठेगाना तथा पासपोर्ट फोटो तोकिएको निक्षेप खाता नामबाट निम्नानुसारको खातामा शुल्क बुझाई:
((A/C 14130-2 – 04064031 NRNA KANSAI) ) मा जम्मा गरी उक्त फोटो र शुल्कको कपी एनआरएनए जापान कान्साई क्षेत्रिय समितिको फेसबुक म्यासेन्जरमा पठाउनु पर्नेछ।
८. कुनै पनि पदमा उम्मेदवारी दिन योग्यता पुगेको इच्छुक उम्मेदवार उम्मेदवार स्वयं, प्रस्तावक र समर्थकको एनआरएनए जापानको परिषद् सदस्य र परिषद् खुल्न पुष्टि गरिएको (सदस्यता कार्ड वा अन्य डकुमेन्ट) अनिवार्य दर्ता गर्नु पर्ने छ।
९. कुनै पनि पदमा आवश्यक संख्या भन्दा बढी उम्मेदवारी परेको भए जुन २६ र २७ तारिक सल्लाहकार र बुद्धिजीवीको मार्गदर्शन सहमती को प्रयास खोजिने छ। सहमतिका लागि प्रयास गरिने स्थान र समय भने पछि जानकारी गराइने छ।
१०. कुनै पनि पदमा निर्वाचन समितिले तोकेको मिति र समयभित्र कसैले आफ्नो उम्मेदवारी फिर्ता लिएको त्यो व्यक्तिको उम्मेदवारी शुल्क फिर्ता गरिने छैन। निर्वाचन समितिले तोकेको समय भित्र उम्मेदवारी फिर्ता नलिईमा दाखिल गरिएको रकम फिर्ता गरिने छैन।
११. कुनै पनि पदमा बढी उम्मेदवारी नपरेको भए पदमा मतदान नगरी निर्बिरोध निर्वाचित भएको घोषणा गरिने छ भने अन्य उम्मेदवार परेका पदमा निर्वाचन गरिने छ। निर्वाचन सम्बन्धी थप अन्य जानकारी निर्वाचन समितिको फेसबुक पेजमा जाने जानकारी गराइन्छ।
१२. १ जना उम्मेदवार आवेदनको लागि प्रस्तावक १ जना र समर्थक १ जना अनिबार्य हुनुपर्नेछ । प्रस्तावक र समर्थकले १ जना मात्रै उम्मेदवारलाई समर्थन गर्न पाउनेछ ।
अधिकार र निर्वाचन सम्बद्ध विषय तथा उत्साहजनक वातावरण सम्पन्न गर्न निर्वाचन समिति प्रतिबद्धता जनाउँदै साथै सफलताका लागि निर्वाचन समितिको साथ र सहयोग गरिदिनु हुने सम्पूर्ण सरोकार बर्गमा हार्दिक अनुरोध गर्दछौ
उम्मेदवार आवेदन पत्र तल pdf बाट डाउन्लोड गर्नुहोस् ।